प्रदेश २ सरकारको सुरक्षा सल्लाहकारमा पूर्वएआईजी कायस्थ



जनकपुरधाम :  प्रदेश २ सरकारले सुरक्षा सल्लाहकारमा नेपाल प्रहरीका अवकाशप्राप्त एआईजी विजयलाल कायस्थलाई नियुक्त गरेको छ । नियुक्तको प्रस्ताव आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले ल्याएका थिए ।

 

कायस्थलाई सुरक्षा सल्लाहकारमा नियुक्त गर्न मुख्यमन्त्री राउत र मन्त्री यादवबीच बैठक बसेको थियो । 

 

मन्त्री यादवले भने, ‘प्रदेश २ को सुरक्षा अवस्थाबारे उहाँ निकै जानकार हुनुहुन्छ ।’ प्रहरीको सेवावधिमा कायस्थ लामो समय प्रदेश २ मै कार्यरत थिए । नेपाल प्रहरीको प्रदेश २ को एआईजीमा कार्यरत रहेकै बेला कायस्थले अवकाश पाएका थिए ।

 

मन्त्री यादवले प्रदेश २ मा लामो समयको कार्यअनुभव र संघीयताप्रति सकारात्मक सोच रहेकाले कायस्थलाई सरकारको सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको बताए । कायस्थकै कार्यकालमा स्थानीय तह, संघ–प्रदेशको चुनाव प्रदेश २ मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्