कामचलाउ सरकारमा महतोको नेतृत्वमा ठाकुर पक्ष सहभागी



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन उपधानमन्त्री, १२ मन्त्री २ राज्यमन्त्रीको बाँडफाँडसहित मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षलाई सरकारमा समावेश गर्दै प्रधानमन्त्री ओलीले १७ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले सुरक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र प्रशासन आफैंसग् राखी मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन्। नयाँ मन्त्रिपरिषदमा तीन उपप्रधानमन्त्री छन् । प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई उपप्रधानमन्त्रीमा बढुवा गरेका छन् । नेकपा एमालेका रघुवीर महासेठ र जसपाका वरिष्ठ नेता राजेन्द्र महतो पनि उपप्रधानमन्त्री भएका छन् । तीन उपप्रधानमन्त्रीसहित नवयिनुक्त मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।
शुक्रबार पुनर्गठित मन्त्रिपरिषद् १७ सदस्यीय रहेको छ ।
पुनर्गठित मन्त्रिपरिषद्को कार्यविभाजनः
प्रधानमन्त्री केपी शर्मा ओली : सुरक्षा, गृह, सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
कृष्णगोपाल श्रेष्ठ : शिक्षा मन्त्री
बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी : मन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक

प्रतिक्रिया दिनुहोस्