नुहाउँदै गरेकी किशोरीलाई हातपात गरेको आरोपमा ईन्जिनियर पक्राउ



दाङ : सार्वजनिक धारामा नुहाउँदै गरेकी एक किशोरीमाथि हातपात गरेको अभियोगमा रोल्पाका एक ईन्जिनियर पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङको लमही घर भइ हाल रोल्पाको रून्टीगढी गाउँपालिकामा कार्यरत ३६ वर्षीय ईन्जिनियर शेषमणी पौडेल रहेका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज सुवेदीले पीडित किशोरीको लिखित जाहेरीका आधारमा ईन्जिनियर पौडेललाई शुक्रबार साँझ पक्राउ गरिएको जानकारी दिए । प्रहरीका अनुसार पक्राउपछि पौडेललाई जवरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाएर अनुसन्धान सुरु गरिएको छ ।

ती किशोरी एकान्तस्थलको सार्वजनिक धारामा एक्लै नुहाइरहेको देखेपछि इञ्जिनियर पौडेल मिनिरल वाटरको बोतल बोकेर पानी भर्ने बाहानामा त्यहाँ पुगेका थिए । त्यसपछि उनले धारामा नुहाउँदै गरेकी ती किशोरीलाई जवरजस्ती करणीको प्रयास गरेको पीडितको जाहेरीमा उल्लेख छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्