यस्तो रहने छ आजको मौसम



काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार आज देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको छ । महाशाखाले प्रदेश १ र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको भइरहेको जनाएको छ ।

यसैगरी, महाशाखाले जारी गरेको पूर्वानुमानमा प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा मौसम सामान्यतया सफा रहने जनाएको छ । भने, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै, आज राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहने र प्रदेश १ का एक दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्