बझाङ गएकाे तेस्राे दिनमै सशस्त्रका जवान नुहाउने क्रममा बेपत्ता



बझाङ : सशस्त्र प्रहरीको टोली बझाङ गएको तेस्रो दिनमै सेती नदीमा नुहाउने क्रममा बगेर एक जवान बेपत्ता भएका छन् ।

 

बिहीबार दिउँसो साढे एक बजे सेती नदीमा नुहाउने क्रममा जवान कञ्चनपुर जिल्ला बेलौरी नगरपालिका घर भएका २३ वर्षीय राजेन्द्र बुढा भएका जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रवीण धितालले बताए । 

 

बेपत्ता सशस्त्र प्रहरी जवान बुढाको खोजी कार्यका लागी जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली, नेपाली सेना र सशस्त्र प्रहरीको टोली खटिएको सशस्त्रका प्रहरीका डीएसपी भुवनराज पन्तले बताए ।

 

डीएसपीको नेतृत्वमा ३० जना सशस्त्र प्रहरीको टोली मंगलबार जिल्लामा आएको र चैनपुरमा रहेका तत्कालीन कृषि विकास कार्यालयमा क्याम्प बनाएर बसेको थियो ।

 

बझाडका लागि १ सय ४१ जनाको दरबन्दी भए पनि सुरुमा क्याम्प व्यवस्थापन गर्न समस्या हुने भएकाले ३० जना मात्र आएका थिए । 

पहिलोपटक सशस्त्र प्रहरी बलको टोली जिल्लामा स्थायी रुपमा बस्ने गरेर आएपछि जिल्लावासी हर्षित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्