इङ्गल्याण्डको भाइटालिटी ब्लास्ट क्रिकेट सन्दीप लामिछानेले गुमाउने



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले इङ्गल्याण्डमा आयोजना हुने भाइटालिटी टी–२० ब्लास्ट प्रतियोगिता खेल्न नपाउने भएका छन् ।
भिसा आउन ढिलाइ भएपछि सन्दीपले उक्त प्रतियोगिता गुमाउने भएका हुन् । उनको भिसा आउन ढिलाइ भएका कारण सन्दीपले प्रतियोगिता गुमाउने उनका म्यानेजर रमन शिवाकोटीले बताए । सम्झौताअनुसार प्रतियोगिताको शुरुआतबाटै सन्दीप २६ देखि २७ मेसम्म इङ्गल्याण्ड पुग्नु पर्दथ्यो ।
प्रतियोगिता ९ जुनदेखि शुरु हुँदैछ । त्यसका लागि क्वारेन्टिनको समय ५–६ दिन लाग्ने भएकाले अब सहभागीता जनाउन सम्भव हुने छैन ।
पहिलो पटक भाइटालिटी ब्लास्ट खेल्ने योजनामा रहेका सन्दीप वोर्सेस्टरशायर र्यापिड्समा अनुबन्धित भएका थिए ।
भाइटालिटी ब्लास्ट खेल्न नपाए पनि सन्दीपले यसपछि हुने द हन्ड्रेड क्रिकेटका लागि भने इङ्गल्याण्ड जानेछन् । द हन्ड्रेड जुलाई २२ बाट हुने तालिका छ ।

प्रतिक्रिया दिनुहोस्