आजको मौसम : पहाडी भूभागका थोरै स्थानमा मेघगर्जनसहित वर्षा



काठमाडौँ : मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज देशमा देशमा पश्चिमी, पूर्वी वायु र स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका केहि पहाडी भूभागहरुमा आंशिक बदली रहेको छ भने अन्य स्थानहरू सामान्यतया सफा रहेको छ।

यसैगरी, आज दिउँसो प्रदेश १, २ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा आंशिक बदली रहने पूर्वानुमान गरिएको महाशाखाले जनाएको छ । भने, देशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

यस्तै, आज राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । यता, प्रदेश १, २, बागमती प्रदेश, गण्डकीका थोरै स्थानहरुमा राति मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्