सुनको भाउ घट्यो, कतिले हुँदैछ आजको कारोबार ?



काठमाडौं : बुधबार सुनको भाउ घटेको छ । छापावाल सुनको मूल्यमा तोलामा ५९ हजार ४०० मा कारोबार भइरहेको छ । मंगलबारको तुलनामा सुनको मूल्यमा १०० ले गिरावट आएको हो । यस्तै तेजावी सुन तोलमा ५९ हजार १०० मा कारोबार भइरहँदा चाँदी तोलामा ७०५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्