माधवसँगको छलफलपछि देउवासँग प्रचण्डको भेटवार्ता



काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ताका लागि बूढानीलकण्ठस्थित निवास पुगेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग देउवालाई प्रधानमन्त्री बनाउन गरिएको हस्ताक्षर फिर्ता गर्न आग्रह गरेपछि प्रचण्ड र देउवाबीच छलफल भएको हो । देउवालाई भेटनु अघि प्रचण्डले एमाले नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए । ओलीले गरेको एकता आह्वानका कारण माधव समूह दुई धारमा विभाजित भएको छ । एक समूहले एकता बचाउने पक्षमा लागेका छन् भने अर्काे समूह ओलीको प्रस्तावलाई धोका भनिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्