बाँकेमा निषेधाज्ञा थप



नेपालगञ्ज । बाँकेमा निषेधाज्ञालाई निरन्तरता दिइएको छ ।
प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जेठ ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तरता दिइएको जानकारी दिए ।
कोरोना संक्रमणको जोखिम अझै कायम नै रहेकाले निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी गेलालको भनाइ छ । बाँकेमा वैशाख १३ गते रातिदेखि निषेधाज्ञा लगाइएको छ ।
त्यसअघि वैशाख ९ गतेदेखि नेपालगञ्ज एरियामा मात्रै निषेधाज्ञा लगाइएको थियो । निषेधाज्ञा भए पनि बिहान ७ देखि १२ बजेसम्म दैनिक उपभोग्य बस्तुका पसल सञ्चालनमा रहने प्रशासनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्