‘चौका दाउ’को अर्को गीत सार्वजनिक



 

काठमाण्डौं  :   फिल्म  चौका दाउको दोस्रो गीत सार्वजनिक भएको छ ।  शम्भुजित बास्कोटाको संगीत तथा श्रीपुरुष ढकालको  शब्द रहेको मेरो माया कतारमा बोलको गीत सार्वजनिक भएको हो ।

गीतमा शम्भुजित बास्कोटा र गायिका सुमन गुरुङको स्वर छ । सौर्य प्रोडक्सनको ब्यानरमा  बनेको फिल्ममा बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छन् । 

फिल्ममा  सोनीका के.सी ,सन्तोष पन्त , तैयव शाह , रविन्द्र झा , विल्सन विक्रम राईको नृत्य रहेको छ । पुर्नेन्दु झाको निर्देशन रहेको फिल्म चौका दाउ आँउदो पौष २७ गतेदेखि प्रर्दशनमा आउँदैछ । फिल्मको कथाबस्तुमा आधारित भई दोस्रो गीतका रुपमा मेरो माया कतारमा   गीतलाई फिल्ममा समाबेश गरिएको निर्देशक झाले जानकारी दिनुभयो ।

 

पहिलो गीतलाई जसरी दर्शकले रुचाएका थिए त्यसरीनै  दोस्रो गीतलाई पनि दर्शकले अत्यधिक मात्रामा रुचाउने झाको भनाई छ । चौका दाउको पहिलो गीत राधापियारी  यसअघि सार्वजनिक भइसकेको छ । 

 

प्रतिक्रिया दिनुहोस्