दाङमा एक हप्ता निषेधाज्ञा थपियो



दाङ । दाङमा निषेधाज्ञा पुनः एक सातालाई थप गरिएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको मंगलबार घोराहीमा बसेको बैठकले केही खुकुलो बनाउँदै निषेधाज्ञा असार १ गतेसम्म थप गर्ने निर्णय गरेको हो ।
बैठकले खाद्यान्न पसल र बैंकहरु खोल्ने समयलाई हेरफेर गरेको छ । खाद्यान्न पसलहरु अब हरेक दिन बिहान ६ देखि १० बजेसम्म खुला गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी एवं समितिका अध्यक्ष दीर्घनारायण पौडेलले जानकारी दिए ।
अब सबै प्रकारका बैंकहरु हरेक दिन बिहान १० देखि दिउँसो २ बजेसम्म खुला गर्ने निर्णय गरिएको पनि उनले बताए । होटेल, रेस्टुरेन्ट, डान्सबार, खाजाघर, कपाल काट्ने पसललगायत अरु व्यवसायहरु भने खोल्न नपाइने उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्