मुख्यमन्त्री भट्टलाई विश्वासको मत नदिने सांसदलाई स्पष्टीकरण सोधियो



धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टलाई विश्वासको मत नदिने सात सांसदलाई एमाले संसदीय दलले स्पष्टीकरण सोधको छ । संसदीय दलका नेता प्रकाशबहादुर शाहले मंगलबार मुख्यमन्त्रीलाई विश्वासको मत नदिने केपी ओली पक्षका सात सांसदलाई स्पष्टीकरण सोधेका हुन् ।
विपक्षमा मतदान गर्ने एमालेका पठानसिंह बोहरा, लिलाधर भट्ट, गेल्बुसिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीलाई संसदीय दलले स्पष्टीकरण सोधेको हो ।


स्पष्टीकरण पत्रमा संसदीय दलको ह्वीप उल्लंघन गरी गम्भीर प्रकृतिको अनुशासनहीन कार्य गरेकोले जेठ २६ गतेभित्र स्पष्टीकरण दिन भनिएको छ । तोकिएको समयमा स्पष्टीकरण नदिए वा चित्तबुझ्दो जवाफ नदिए कारबाही गरिनेसमेत चेतावनी दिइएको छ ।
मंगलबार मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका थिए । जसमा माधव नेपाल पक्षका १७ जनाले भट्टलाई विश्वासको मत दिएका थिए भने ओली पक्षका ७ जनाले विपक्षमा मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्