आजदेखि हरेक बुधवार श्रम स्वीकृति दिइने



काठमाडौँ : वैदेशिक रोजगार कार्यालयले आजदेखि हरेक बुधबार अन्तिम श्रम स्वीकृति दिने भएको छ । वैदेशिक रोजगार विभाग अन्तगरगतको वैदेशिक रोजगार कार्यालय ताहाचलले साताको एक दिन श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको हो ।

कोभिड–१९ संक्रमणको व्यापकता नियन्त्रण तथा रोकथामलाई मध्यनजर गरी २०७७ बैशाख २४ गते देखि कार्यालयले भौतिक रुपमा उपस्थित भएर लिनुपर्ने सेवा बन्द गरेको थियो । यसबीचमा अनलाइनमार्फत श्रम स्वीकृति लिने व्यवस्था गरिएको थियो ।

यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघले हप्ताको एक दिन श्रम स्वीकृति दिने व्यवस्था गर्न माग गर्दै वैदेशिक रोजगार विभागको ध्यानाकर्षण गरेको थियो । व्यवसायीले श्रम गन्तव्य मुलुकले भिसा दिइसकेका व्यक्तिलाई श्रम स्वीकृति दिने कार्य बन्द नगर्न र सहज तरिकाले विदेश जाने व्यवस्था गर्न माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्