ग्याँस लिक हुँदा पतिको किरियामा बसेकी महिलाको निधन, दुई छोरा घाइते



पाँचथर : पाँचथरको फिदिम नगरपालिका जोरसालमा ग्यास लिक हुँदा सल्केको आगोले पोलेर घाइते भएकी महिलाको मृत्यु भएको छ ।
पतिको काजकिरियाका लागि बसेको अवस्थामा आगो सल्कँदा घाइते भएकी चनमाया सापकोटाको आज बिहान मृत्यु भएको हो ।

उनको उपचारका क्रममा मेची अस्पताल झापामा मृत्यु भएको हो । छोराहरु दिनानाथ र पवन सापकोटा घाइते भएका छन् । उनीहरुको मेची अस्पताल झापामै उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्