पेस्तोल र गोलीसहित दुई जना पक्राउ



काठमाडौँ : प्रहरीले मोरङ केराबारीबाट पेस्तोल तथा गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा केराबारी गाउँपालिका–९ देवीझोडाका ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका–२ लालभित्तीका ४१ वर्षीय पदमकुमार लिम्बु रहेका छन् ।

प्रहरीले गणेश लिम्बुको घरबाट प्रहरीले कटुवा पेस्तोल, थ्री नट थ्री राइफलको थोली पाँच थान, गोली लोड गर्ने चाचर दुई थान र पेस्तोलको गोली एक थान बरामद गरेको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक सरोज खनालका अनुसार लिम्बुले वन्यजन्तु चोरी सिकारीका लागि हतियार र गोलीको बन्दोबस्त मिलाएको आशंका गरिएको छ ।

यस्तै, बेलबारीका पदम लिम्बुको को१च ८३६८ नम्बरको कारमा खुकुरी, चक्कु फेला परेको खनालले बताए । दुबैलाई हिरासतमा राखी हातहतियार तथा खरखजना मुद्दामा अनुसन्धान थालिएको खनालले बताए ।

प्रतिक्रिया दिनुहोस्