ललितपुरमा सुरु भयो गोदावरी मेला



 

 काठमाण्डौं :  बिहिबारबाट ललितपुरको जावालाखेल खेल मैदानमा १२ औँ गोदावरी फूलको प्रतियोगात्मक प्रदर्शनी तथा मेला सुरु भएको छ । प्रदेश ३ सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले उद्घाटन गरेको उक्त मेला चार दिनसम्म चल्ने आयोजकले जनाएको छ । 

 फ्लोरिकल्चर एशोसिएसन नेपालले प्रत्येक वर्ष यो मेला आयोजना गर्दै आएको छ । एशोसिएसनका अनुसार आर्थिक बर्ष २०७४–७५ सम्म आइपुग्दा ६९७ व्यवसायीले यो व्यवसाय गरिरहेका छन् । त्यस्तै ४३ जिल्लामा पुष्प व्यवसाय विस्तार भएको र १५५ हेक्टर क्षेत्रफलमा व्यवसाय हुँदा ४३ हजार ५ सय बढी यसमा आश्रित बनेका छन् । 

यो व्यवसायले पछिल्लो आर्थिक बर्षसम्म एक अर्व ८६ करोड सात हजार १९९ भन्दा बढि कारोबार भैसकेको छ ।  त्यस्तै पछिल्लो अर्थिक वर्षमा ११ करोड रुपैयाँको फुल आयात भएको तथा निर्यात २.३७२ करोड आयात भएको एसोशिएसनले जनाएको छ । 

मेलामा ४४ वटा व्यवसायीक स्टल, सुचनामुलक ३ र गोदावरी फुलको प्रतिश्पर्धात्मक प्रदर्शनी स्टल एकसहित जम्मा ४८ वटा प्रदर्शनी कक्षहरु रहेका छन् । जसमा गोदावरी फूलका ४५ प्रकारका फुल विरुवासहित ४५० प्रकार भन्दा बढिका फूल विरुवा रहेको आयोजकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्