इंग्ल्यान्डविरुद्ध श्रीलंकन क्रिकेट टिमको घोषणा



काठमाडौं । इंग्ल्यान्डसँगको सिरिजका लागि श्रीलंकाले क्रिकेट टिमको घोषणा गरेको छ । श्रीलंका क्रिकेट बोर्डले इंग्ल्यान्डसँगको सिरिजका लागि २४ सदस्यीय टिमको घोषणा गरेको हो ।
श्रीलंकाले घरेलु टिमसँग टी–ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ । इंग्ल्यान्ड र श्रीलंकाबीच समान ३÷३ खेलको टी–ट्वान्टी र एकदिवसीय सिरिज हुनेछ ।
पहिलो टी–ट्वान्टी जुन २३ मा कार्डिफमा हुँदा पहिलो एकदिवसीय जुन २९ मा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्