छिटो न्याय माग गर्दै अदालतमा प्रदर्शन



राजविराज । प्रतिनिधि सभा विघटनविरुद्ध परेको रिटमा छिटो न्याय सम्पादनको माग गर्दै सप्तरीमा नेकपा माओवादी केन्द्रले प्रदर्शन गरेको छ ।
नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरु प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटन बदर गरी संसद पुनःस्थापनाको माग गर्दै प्रदर्शनमा उत्रिएका हुन् ।
त्यसक्रममा प्रदर्शनकारीले स्वतन्त्र न्याय प्रणालीमाथिको हस्तक्षेप बन्द गर, कानुनी शासनको वहाली गर लगायतका प्लेकार्ड बोकेर सप्तरीको राजविराजस्थित उच्च अदालत, राजविराज इजलास र जिल्ला अदालत अगाडी ११ बजे देखि २ घन्टा प्रदर्शन गरेका थिए ।
नेकपा (माओवादी) केन्द्रका जिल्ला अध्यक्ष अशोक कुमार मण्डलको नेतृत्वमा राजविराजको शिव मन्दिरबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै अदालत अगाडी पुगेर समापन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्