कोरोना संक्रमण : ३ हजार ४४९ संक्रमित हुँदा ५ हजार ७६८ संक्रमणमुक्त



काठमाडौँ पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार विभिन्न जिल्लामा बुधबार गरिएको १२ हजार ७४ पीसीआर परीक्षणमा ३ हजार ४४९ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, ४ हजार ५६६ एन्टिजेन परीक्षणमा ८९५ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल ४ हजार ३४४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमित ८० हजार ३३६ रहेका छन् ।
यस्तै २४ घण्टामा ५ हजार ७६८ कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सोही अवधिमा थप ८१ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।
काठमाडौं उपत्यकामा मात्र ९१५ जनामा संक्रमण पुष्टि भएको छ । २४ घण्टामा पाँच हजार ७६८ जना डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया दिनुहोस्