उपप्रधान एवम् परराष्ट्रमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता



काठमाडौं । उपप्रधान एवम् परराष्ट्रमन्त्री रघुवीर महासेठ र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच शिष्टाचार भेटवार्ता भएको छ ।
राजदुत क्वात्राले बुधबार सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालय पुगेर उपप्रधान एवम् परराष्ट्रमन्त्री महासेठसँग भेटवार्ता गरेका हुन् ।
भेटवार्ताको क्रममा राजदूत क्वात्राले उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री भएकोमा महासेठलाई बधाई दिएका हुन् ।
भेटवार्ताको क्रममा राजदुत क्वात्राले भारतीय विदेमन्त्री एस. जयशंकरले पठाएको बधाई सन्देश समेत ज्ञापन गरेका थिए ।
द्विपक्षीय हितका विषयमा उनीहरुबीच कुराकानी भएको जनाईएको छ । भेटका क्रममा कोभिडविरुद्धका खोपको विषयमा पनि कुराकानी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्