ओलीविरुद्ध संयुक्त आन्दोलन गर्नुपर्छ : चित्रबहादुर केसी



दाङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी ओलीको अधिनायकवाद विरुद्धमा डटेर लडनु पर्ने अवस्था आएको बताएका छन् ।
उनले ओली सरकारको असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र राष्ट्रघाती कदमविरुद्ध संयुक्त रुपमा आन्दोलनको आवश्यकता रहेको बताए ।
राष्ट्रिय जनमोर्चा दाङ देउखुरीको आयोजनामा भएको कार्यक्रममा उनले भने, ‘नेपाली जनताले संघर्ष र लामो आन्दोलनबाट प्राप्त गरेका उपलब्धिहरु ओलीले खोस्ने काम गरिरहेको हुँदा यसको रक्षामा जुट्नु पर्ने बेला आएको छ ।’
‘ओली सत्ता र स्वार्थको लागि जस्तोसुकै जनघाती र राष्ट्रघाती कदम चाल्न पनि पछाडि पर्दैन्न भन्ने कुरा अब प्रस्ट भइसकेको छ’, उनले भने, ‘यो अवस्थामा हामी सबै एक भएर संयुक्तरुपमा जुटेर लोकतन्त्रको रक्षा गर्नु पर्छ ।’
नेपालमा राणा, राजा, पन्च सबै संयुक्त आन्दोलन र जनताको तागतले हटेको भन्दै उनले ओलीको अधिनायकवाद पनि यसै गरी हट्ने विश्वास व्यक्त गरेका छन् ।

जसपाका केही नेता मन्त्री बनेकोप्रति लक्षित गर्दै नेता केसीले नागरिकता नहुने सरकार सञ्चालक भएको बताए
अब अहिले नेपाललाई सिक्किम र फिजी बनाउने डिजाइनसहित अगाडि बढाउन लागेको आरोप लगाए । यो कुरा सबैले बुझ्नुपर्छ र संयुक्त आन्दोलन अगाडी बढाउनु पर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्