प्रदेश २ सरकारमा नेपाली काँग्रेस सहभागी



काठमाडौं । प्रदेश २ मा मुख्यमन्त्री लालबाबु राउत नेतृत्वको सरकारमा नेपाली काँग्रेस सहभाति भएको छ ।
काँग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागी भएको हो । यादवको नेतृत्वमा काँग्रेसले भौतिक पूर्वाधार, ऊर्जा तथा सिँचाइ र महिला तथा बालबालिका मन्त्रालय पाएको छ । भौतिक पूर्वाधारमन्त्रीमा यादव, ऊर्जा तथा सिँचाइमा पर्साका सांसद ओमप्रकाश शर्मा र महिला तथा बालबालिकामा सर्लाहीका सांसद वीरेन्द्र सिंहले शपथ लिएका छन् ।
यता मन्त्रालय बाँडफाँडमा सहमति नभएपछि प्रदेश नम्बर २ सरकारमा नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ ।
माओवादी २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि उसले सरकारमा नजाने निर्णय गरेको हो ।
माओवादी केन्द्रका सांसद जगत यादवले पार्टी सरकारमा सहभागी नहुने बताएका छन् ।
उनले सामाजिक सञ्जालमार्फत पार्टी सरकारमा सहभागी हुने जानकारी गराएका हुन् । जसपासँगको वार्ताका लागि कार्यदलका सदस्य समेत रहेका उनले पार्टीले दुई मन्त्रालय मागेकोमा अहिले एउटामात्रै दिने भनिएकाले त्यसमा आफूहरुको असहमति भएको बताए ।
बुधबार नै काँग्रेस र जसपाबीच सरकारमा जान दुई बुँदे सहमति भएपनि माओवादीसँग भने त्यस्तो कुनै लिखित सहमति भएको छैन ।
माओवादी सांसद दिलीप साहका अनुसा सरकारसँग रहेको वाणिज्य तथा वातावरण मन्त्रालय सरकारले दिने भनेको थियो भने माओवादीले सरकारसँग बाँकी रहेको कानुन तथा प्रदेशसभा मामिला मन्त्रालय पनि मागेको थियो । तर सरकारले अस्वीकार गरेपछि वार्ता निष्कर्षविहीन बनेको हो ।
माओवादी सरकारमा नगएपनि केन्द्रमा बनेको कांग्रेस र जसपा उपेन्द्र पक्षसँगको गठबन्धनको कारण सरकारलाई समर्थन दिने उनले बताए ।
प्रदेश सरकारले कांग्रेस र माओवादीलाई सरकारमा सहभागी गराउन ६ वटा मन्त्रालय विभाजन गरेर १० वटा बनाएको छ । भौतिक पूर्वाधार, सामाजिक विकास, आन्तरिक मामिला तथा कानुन र वन, उद्योग, पर्यटन र वातावरण मन्त्रालय फुटाइएको छ ।

प्रतिक्रिया दिनुहोस्