महरी गाउँमा ५ किलोवाट बिजुली उत्पादन



जुम्ला : पातारासी गाउँपालिका–३ महरी गाउँमा ५ किलोवाट बिजुली उत्पादन गरिएको छ। बिजुली उत्पादन भएपछि मैनबत्ती र दियालोको भरमा बस्दै आएका ४० परिवारले बिजुली बाल्न पाएका छन्।

स्थानीयवासीको श्रमदान तथा ७० लाखको लागतमा बिजुली उत्पादन गरिएको हो। स्विट्जरल्याण्ड र अमेरिकाको आर्थिक र प्राविधिक सहयोग तथा ग्रामीण एकीकृत विकास सेवा (रिड्स नेपाल)को सहजीकरणमा महरी गाउँमा बिजुली उत्पादन गरिएको हो।

गाउँपालिकाका अध्यक्ष लछिमन बोहोराले एक मेगावाट क्षमताको चुकेनी जलविद्युत् आयोजना तथा ५८ किलोवाट क्षमताको लुम जलविद्युत् आयोजनामा समेत गाउँपालिकाले झण्डै १ करोड लगानी गरेको छ।

 

प्रतिक्रिया दिनुहोस्