प्रदेश प्रमुख तथा सुरक्षा निकायसँग मधेशी आयोगका अध्यक्ष दत्तले गरे छलफल



काठमाडौँ : मधेशी आयोगका अध्यक्ष ड़ा.विजयकुमार दत्तले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाईसँग भेटघाट गरी यस प्रदेशमा बसोबास गर्ने मधेशी समुदायका व्यक्तिहरुको हकहित, संरक्षण, सम्वर्धन तथा सशक्तीकरणको बिषयमा छलफल गरेका छन् ।

भेटवार्तामा प्रदेशले गर्नुपर्ने कामहरु तथा त्यस्ता कामहरुमा आयोगले गर्नुपर्ने समन्वय तथा सहकार्यका विषयहरुमा गहन छलफल भएको र त्यस क्रममा प्रदेश प्रमुख प्रसाईंले प्रदेश प्रमुखको कार्यालय बाट हुन सक्ने आवश्यक पहलहरुमा आफु र कार्यालय सधै तयार रहेको बताएका छन् ।

तत्पश्चात, अध्यक्ष डा. दत्तज्यूले जिल्ला सुरक्षा समितिसँग जिल्ला प्रशासन कार्यालयमा बैठक बसी समग्र जिल्लाको वस्तुस्थिति बारे पनि जानकारी लिएका थिए । सबै सुरक्षा निकायका प्रमुखहरुले अध्यक्ष दत्तलाई वस्तुस्थिति बारे जानकारी गराएका थिए ।

छलफलका क्रममा अध्यक्ष दत्तले नागरिकको सुरक्षा प्रथम कर्तव्य रहेको र यसमा कुनै कमी कमजोरी आउन नदिन आग्रह गरे । उनले मधेशी समुदायको हकहितको संरक्षणमा कुनै कसर बाँकी नराखन समेत निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्