नागरिकता अध्यादेशविरुद्धको रिट संवैधानिक इजलासमा



काठमाडौं : सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध परेको रिटउपर आज पनि सर्वाेच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । गत साता बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको त्यो रिटको आज पुनः सुनुवाइ हुने पेशी तोकिएको हो ।

त्यो रिटको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा न्यायधाीशहरु दीपककुमार कार्की, मीरा खडका, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको इजलासमा सुनुवाइ हुँदैछ । गत साता रिट निवेदकहरुको बहस नसकिएपछि आजका लागि पुनः सुनुवाइ हुने गरी हेर्दाहेर्दैमा राखिएको थियो ।

जन्मसिद्ध नागरिकता भएका व्यक्तिको सन्तानले समेत वंशजको नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयन गर्न सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएको थियो । त्यो अध्यादेश संविधान र कानुनविपरीत रहेको भन्दै वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की समेतले सर्वाेच्चमा रिट निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्