मन्त्रिपरिषदले पूर्णता पाउँदै, आजै शपथग्रहणको सम्भावना



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने भएका छन् । अहिलको १७ सदस्यीय मन्त्रिपरिषदमा सात मन्त्री थपेर पूर्णता दिन लागिएको छ । सम्भवतः आजै नवनियुक्त मन्त्रीहरुको सपथग्रहण हुने सम्भावना रहेको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

मन्त्रीहरुको नाम अन्तिम टुंगो लगाउन प्रधानमन्त्री ओली पार्टीका नेताहरूसँग आन्तरिक परामर्शमा छन् । एमालेकै असन्तुष्ट समूह माधवकुमार नेपाल र झलनाथ खनाल समूहका लागि खाली राखिएकोमा सो समूह अझै ओलीसँग मिल्ने सम्भावना नदेखिएपछि मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो । यसअघि राजेन्द्र महतोको नेतृत्वमा जनता समाजवादी पार्टी वर्तमान सरकारमा सहभागी भइसकेको छ । जसपाले १० मन्त्री पाएको छ ।

यस्ता छन् नयाँ मन्त्रीका लागि सम्भावित नामहरु
१. नारदमुनी राना, वनमन्त्री

२. मोहन वानियाँ, विनाविभागीय

३. खगराज अधिकारी,गृहमन्त्री

४. नैनकला थापा, सन्चारमन्त्री

५. ज्वालाकुमारी साह, कृषि मन्त्री

६. राजकिशोर यादव, उद्योग मन्त्री

७. गणेश पहाडी, सामान्य प्रशासन मन्त्री

८. आशा विक, वन राज्यमन्त्री

प्रतिक्रिया दिनुहोस्