नवनियुक्त मन्त्रीहरूले लिए पद तथा गोपनीयताको सपथ



काठमाडौं– नवनियुक्त मन्त्रीहरूले सपथ लिएका छन् ।

शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ गराएकी छन् । एक राज्यमन्त्रीलाई प्रधानमन्त्रीले सपथ गराएका हुन् ।

आज थप भएका वन तथा वातावरणमन्त्रीमा नारदमुनी राना, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारीमा मोहन वानियाँ, गृहमन्त्रीमा खगराज अधिकारी, संचारमन्त्रीमा नैनकला थापा, कृषिमन्त्रीमा ज्वालाकुमारी साह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य प्रशासनमन्त्रीमा गणेश पहाडी र वनराज्यमन्त्रीमा आशा विक छन् ।

प्रतिक्रिया दिनुहोस्