कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघ्यो



काठमाडौं– नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या ६ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा ३ हजार ७४९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै संक्रमितको कुल संख्या ६ लाख १ हजार ६८७ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ५ हजार २९३ निको भएका छन् भने ५९ संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ९०१ जनाको पीसीआर र ५ हजार ३३७ जनाको एन्टीजेन परीक्षण भएको थियो।

प्रतिक्रिया दिनुहोस्