सर्वाेच्चको आदेशपछि पुनर्बहाली भएका थापा पुनः पदमुक्त



पोखरा । संसदीय दलको ह्वीप विपरीत प्रदेश सभामा तटस्थ बसेको भन्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापालाई पुनः पदमुक्त गरेको छ ।

राष्ट्रिय जनमोर्चाले कारवाही गरेर पदमुक्त गरेको पत्र शुक्रबार संसद सचिवालयमा दर्ता भएको छ । शुक्रबार बसेको प्रदेश सभाको बैठकमा सभामुख नेत्रनाथ अधिकारीले कारबाहीसम्बन्धी पत्र पढेर सुनाएका थिए । यसअघि पनि कारबाहीमा परेका थापा सर्वोच्च अदालतको अन्तरिम आदेशपछि पुनर्बहाली भएका थिए ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार संसदमा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न संसदीय दलले ह्वीप जारी गरे पनि उनी मतदान नगरी तटस्थ बसेका थिए । त्यसपछि जनमोर्चाले थापालाई कारवाही गरेको संसदीय दलका नेता पियारी थापाले बताइन् ।

प्रतिक्रिया दिनुहोस्