भारतीय सेनाले नेपाली सेनालाई दियो स्वास्थ्य सामग्री



काठमाडौं : कोरोना संक्रमणको जोखिमसँग लड्न भारतीय सेनाले नेपाली सेनालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ। भारतीय राजदूत विनय मोहन क्वात्राले भारतीय सेनाका तर्फबाट प्राप्त स्वास्थ्य सामग्री प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन्।

कोरोना महामारीको प्रतिकार्यका लागि भारतीय सेनाले भेन्टिलेटर, आईसीयू बेडहरु, पीपीई सेट र एम्बुलेन्सलगायतका स्वास्थ्य सामग्री प्रदान गरेको सैनिक प्रवक्ता सन्तोष वल्लभ पौडेलले जानकारी दिए। भारतीय सेना र नेपाली सेनाबीचको सम्बन्ध मैत्रीपूर्ण रहेको भन्दै क्वात्राले नेपाली सेनालाई थप सहयोग गर्न भारत तयार रहेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्