गण्डकीमा मुख्यमन्त्रीका लागि दाबी गर्न २४ घण्टाको समय



पोखरा । गण्डकी प्रदेश प्रमुखले प्रदेश मुख्यमन्त्री नियुक्तिको लागि आह्वान गरेको छ ।
बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभाबाट विश्वासको मत लिन नसकेको जानकारी प्राप्त भएपछि शुक्रबार प्रदेश प्रमुखको कार्यालयले मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई गण्डकी प्रदेश प्रमुख सिता पौडेलले आह्वान गरेकी हुन् ।
प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले विज्ञप्ति सार्वजनिक गर्दै संविधानको धारा १६८ को उपधारा (५) अनुसार मुख्यमन्त्री नियुक्ती गर्ने प्रयोजनका लागि २४ घण्टाको समय दिएर मुख्यमन्त्रीका लागि आह्वान गरेका हुन् । शनिबार दिउँसो ३ बजेसम्ममा दाबी पेश गर्न आग्रह गरिएको छ ।


विज्ञप्तिमा प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था भएमा संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दाबी प्रस्तुत गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरिएको छ । अर्को प्रदेश मन्त्रिपरिषद् गठन नहुँदासम्म यही सरकारले मौजुदा मन्त्रिपरिषद्ले कार्य गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्