कर्णाली प्रदेशसभा बैठक अवरुद्ध



सुर्खेत । नेकपा एमालेले शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आर्थिक वर्ष २०७८÷०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले पुनः बैठक अवरुद्ध गरेको हो ।
प्रदेश सभाको शुक्रबारको बैठक शुरु भएलगत्तै एमाले संसदीय दलका नेता यामलाल कँडेलले समय मागेर बोलेका थिए ।
त्यसलगत्तै सभामुख राजबहादुर शाहीले आर्थिक मामिला मन्त्री शर्माले बिहीबारको बैठकमा टेवल गरेको आर्थिक वर्ष २०७८÷०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयक छलफलमा प्रवेश गराउन लाग्दा एमालले आपत्ति जनाएको थियो ।
एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने भन्दै बैठक अगाडि बढ्न नसक्ने बताए ।
२४ गतेदेखि शुरु भएको प्रदेश सभाको बैठक एमालेको लगातारको अवरोधका कारण बिहीबारदेखि सञ्चालन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्