गण्डकीको मुख्यमन्त्रीमा नेपाली काँग्रेसको दाबी



पोखरा । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै गण्डकी प्रदेशमा नयाँ सरकार गठन प्रक्रिया सुरु भएको छ । त्यसका लागि प्रदेश प्रमुखले मुख्यमन्त्रीका लागि दिएको २४ घण्टे समयअवधि दिएपछि काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले मुख्यमन्त्रीको दावी पेश गरेका छन् । नेपालीसहितको ३१ जना सांसदहरु प्रदेश प्रमुख समक्ष उपस्थित भएर मुख्यमन्त्रीमा नेपालीले शुक्रबार दावी पेस गरेका छन् ।
पोखरेलले बहुमत सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष मुख्यमन्त्रीमा दावी पेश गरेका छन् ।
नेपालीलाई सहयोग गर्न स्वतन्त्र सांसद दीपक मनाङे पनि प्रदेश प्रमुख कार्यालयमा गएका हुन् । शुक्रबार नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद दीपक मनाङेसहित प्रदेश प्रमुख कार्यालय पुगेका उनले ३१ सांसदको समर्थन आफूलाई रहेको भनी प्रदेश प्रमुखलाई हस्ताक्षर बुझाएका हुन ।
प्रदेश प्रमुख पौडेलले आफूले उक्त दावीबारे अध्ययन गर्ने र प्रक्रिया पु¥याएर निर्णय गर्ने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्