सांसद निलम्बनसम्बन्धी आदेशविरुद्ध ओली पक्ष पुनरवलोकनमा जाने



काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष सांसद निलम्बनविरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध पुनरवलोकनमा जाने भएको छ ।
एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले अदालतको फैसला कानुनअनुसार नभएको भन्दै भ्याकेट दिने तयारी भएको बताए ।
उनले भने, ‘आन्तरिम आदेशविरुद्ध भ्याकेटमा जाने तयारी गरेका छौँ, यो फैसला संविधान र कानुनसम्मत छैन ।’
न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई एमालेले गरेको कारबाहीविरुद्ध पार्टीले गरेको कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।
वैशाख ३ गते कर्णाली प्रदेशमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिँदा एमालेका चार सांसदले ह्विप नाघेका थिए । पार्टीको ह्विप उल्लंघन गरेको भन्दै चार जना सांसदलाई एमालेको दशौँ राष्ट्रिय सम्मेलनमा आयोजक कमिटीले पार्टीबाट निलम्बन गरेको थियो । अदालतले त्यसरी कारबाही गर्ने अधिकार आयोजक कमिटीलाई नभएको फैसला गरेको छ ।
कारबाही प्रक्रिया राजनीतिक दलसम्बन्धी ऐनमा व्यवस्था भए मुताविक नभएको र महाधिवेशन आयोजक कमिटीले सांसद पदमुक्त गर्न नमिल्ने भन्दै अदालतले उल्ट्याइदिएको हो ।

प्रतिक्रिया दिनुहोस्