प्रदेश २ को नीति तथा कार्यक्रममाथि विपक्षीको कटाक्ष



जनकपुरधाम । नेपाली कांग्रेस प्रदेश २ का प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले प्रदेश २ सरकारको नीति तथा कार्यक्रममाथि कटाक्ष गरेका छन् ।
शनिबार बसेको प्रदेशसभा बैठकमा सांसद चौधरीले नीति तथा कार्यक्रममा जताततै मधेश शब्द मात्रै देखिएको भन्दै ‘धेरै गुलियो खाँदा मुख तीतो हुने’ टिप्पणी गरे ।
‘हरेक योजनामा मधेश शब्द राखिएको छ । धेरै गुलियो खाँदा पनि मुख तितो हुन्छ,’ उनले भने, ‘मधेश मात्रै राखेर हुँदैन, पुराना नेताहरुको पनि सम्मान हुनुपर्छ । गजेन्द्रनारायण सिंह, महेन्द्रनारायण निधिलगायतको नाममा पनि योजना राखौँ ।’
पर्सादेखि सप्तरीसम्मको २४७ किलोमिटर सडकलाई मधेशी सहिद सडकको नाममा परिवर्तन गर्नुपर्ने उनले बताए । उनले विकासको दुई मोडेलबारे उल्लेख गर्दै वीरगन्जमा ‘हाइफाई’ विकास गर्ने सरकारको लक्ष्यप्रति आपत्ति जनाए ।
‘महामारीमा लाखौँ रुपैयाँ सम्भाव्यता अध्ययनमै खर्चिनुको कुनै औचित्य छैन्,’ उनले भने, ‘गाउँमा स्वच्छ खानेपानी पुगेको छैन । सरकारले घरघरमा नाला कसरी पु¥याउँछ ? गफ नदिऊँ । चाहिने कुरा गरौँ ।’

प्रतिक्रिया दिनुहोस्