राजमो र जसपाको समर्थनमा पृथ्वीसुब्बा गुरुङको गण्डकीको मुख्यमन्त्रीमा फेरि दाबी



पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले पनि दाबी गरेका छन् । उनले राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टी (जसपा) को पत्र पेश गर्दै मुख्यमन्त्रीमा दाबी गरेका हुन् ।
जसपा महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र केन्द्रबाट पठाएको थिया। शुक्रबार नै महन्थ ठाकुर पक्षले गुरुङलाई समर्थन गरेको पत्र पठाएका थिए ।
गुरुङले जेठ २७ गते संदनमा विश्वासको मत गुमाएपछि प्रदेश प्रमुख सीता पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छिन् ।
नेपाली कांग्रेसका नेता कृष्णचन्द्र नेपालीले बहुमत ३१ सांसदको हस्ताक्षर र सशरीर उपस्थितिमा मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्