ओलीमाथि मनाङेको टिप्पणी : दुईटै किड्नी नभएको मान्छेको पछि किन लाग्ने ?



काठमाडौँ : गण्डकी प्रदेश सभामा पृथ्वीसुब्बा गुरुङले विश्वास गुमाएसँगै नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार दिउँसो तीन बजेसम्मको समय दिएकी थिइन् । शुक्रबार प्रदेशसभामा गुरुङले विश्वासको मत पाएनन्, सोही दिन प्रदेश प्रमुख पौडेलले २४ घटाको समय दिएर संविधानको धारा १६८ को उपधारा ५ बमोजिमको सरकार दाबीका लागि समय दिएकी थिइन् ।

विपक्षी गठबन्धनले शुक्रबार नै प्रदेशसभामा कामय संख्याको बहुमत ३१ सांसदको हस्ताक्षरसहित दाबी पेश गरेको थियो । तर शनिबार समयसीमा सकिँदा पनि मुख्यमन्त्रीमा विपक्षी गठबन्धनका तर्फबाट मुख्यमन्त्रीमा प्रस्ताव गरिएका कृष्णचन्द्र नेपापली पोखरेललाई नियुक्त गर्न आनाकानी गरेको भन्दै ३१ सांसद नै प्रदेश प्रमुख निवासमा धर्नामा बसेका थिए ।

त्यहाँ राजीव गुरुङ उर्फ दिपक मनाङे पनि धर्नामा सहभागी थिए । त्यहाँ पत्रकारले उनलाई केही बोलिदिन आग्रह गर्दै धार परिवर्तन गरेका बिषयमा सोधे । दुई दिनअघि मात्र एमाले केपी ओलीनिकट मुख्यमन्त्री पृथ्वीसुब्बा नेतृत्वको सरकारबाट मनाङेले मन्त्रीबाट राजीनामा दिएका थिए ।

मनाङेले जवाफमा भने, ‘केपी ओलीको न वर्तमान छ, न भविष्य छ । तर, यसको पछि लाग्ने मान्छेहरुको बुद्धि छैन रैछ क्या । दुईवटा किड्नी नभएको मान्छे हो । अरुको त किड्नी छ नि यार । बुद्धि भए छिटो उसको साथ छोड्दा राम्रो हुन्छ । म त टाइममै छोडेर बचेँ ।’
सरकार ढल्ने अवस्था आएपछि मानाङे विपक्षी गठबन्धनमा सामेल भएका हुन् । गण्डकी प्रदेशमा अहिले उनी तेस्रोपटक मन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्