बाँकेमा थप पाँच जना कोरोना संक्रमितको मृत्यु



बाँके : कोरोना संक्रमणबाट बाँकेमा थप पाँच जनाको मृत्यु भएको छ । भेरी अस्पतालमा चार र नेपालगन्ज मेडिकल कलेजमा एक संक्रमितको मृत्यु भएको जिल्ला स्वाथ्य कार्यलयका कोरोना फोकल पर्सन तेज वलीले जानकारी दिए ।

वलीकाअनुसार भेरी अस्पतालमा बैतडीका ५५ वर्षीय पुरुष, बर्दियाकी ४९ वर्षीया महिला, सल्यानका ४६ वर्षीय पुरुष र दाङकी ३२ वर्षीया महिलाको मृत्यु भएको छ ।

यस्तै नेपालगन्ज मेडिकल कलेजमा बाँकेका ६७ वर्षीय पुरुषको मृत्यु भएको छ । योसहित बाँकेमा जिल्ला भित्रका ३०७ र जिल्ला बाहिरबाट उपचारका लागि पुगेका ३३७ संक्रमितको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस्