उपत्यकामा जारी निषेधाज्ञाबारे निर्णय गर्न सीडीओहरुको बैठक बस्दै



काठमाडौँ : काठमाडौं उपत्यकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज (आइतबार) बस्दैछ । दिउँसो ३ बजे बैठक बस्न लागिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले जानकारी दिए ।

प्रजिअहरुको बैठकले निषेधाज्ञाको समय लम्ब्याउने अथवा मोडालिटी परिवर्तन गर्नेबारे निर्णय गर्दैछन् । वैशाख १६ बाट जारी निषेधाज्ञा पछिल्लो पटक जेठ ३१ सम्म लम्ब्याउने निर्णय गरिएको थियो ।

‘छलफलपछि असार १ बाट निषेधाज्ञालाई कसरी अगाडी बढाउने भन्नेबारे निर्णय गर्छौँ’ भक्तपुरका प्रजिअ भट्टराईले भने, ‘मोडालिटीबारे अहिलेसम्म कुनै धारणा तय भएको छैन ।’

छलफलमा काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौला र भक्तपुरका प्रजिअ भट्टराई सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्