पर्सामा एक हप्ता निषेधाज्ञा थप



वीरगञ्ज । कोरोना संक्रमणलाई रोक्न तथा थप फैलिन नदिन पर्सा जिल्लामा लगाइएको निषेधाज्ञालाई एक हप्ता थप गरिएको छ । हाल जिल्लामा जारी रहेको निषेधाज्ञालाई एक हप्ता थप गर्ने निर्णय गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए ।
निषेधाज्ञा असार ६ गते राति १२ बजेसम्म कायम रहनेछ । अहिले थपिएको निषेधाज्ञा केही खुकुलो पारिएको छ । पहिले बिहान ८ बजेसम्म मात्रै खुल्दै आएको बजार सोमबारदेखि मध्यान्ह १२ बजेसम्म खोल्न पाइने छ ।
अबदेखि निषेधाज्ञाको समयमा दैनिक खाद्य वस्तुका पसलहरु, कृषि र भेटनरी सम्बद्ध (बीउबीजन लगायतका) पसलहरु, निर्माण सामाग्रीका पसलहरु, वर्कसप १२ बजेसम्म जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालन गर्री खोल्न पाइने जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा सम्बन्धी सूचनामा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्