३ हजार ९९४ संक्रमणमुक्त हुँदा थप १ हजार ६९४ संक्रमित



काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १ हजार ६९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आइतबारको कोभिड ब्रिफिङमा दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १२ हजार ४०६ पीसीआर परीक्षणमा १ हजार ६९४ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी, एन्टिजेन परीक्षणमा ७१३ जनामा कोरोना संक्रमण देखिएको छ । पीसीआर र एन्टिजेन परीक्षणबाट कुल २ हजार ४०७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना देखिनेको संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ ।
यस्तै, २४ घण्टामा ३ हजार ९९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण भइ निको हुनेको संख्या ५ लाख ३१ हजार १०५ पुगेको छ ।
मन्त्रालयले दिएको जानकारी अनुसार देशभर गरी थप ४६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४१२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्