मधेशी आयोगका अध्यक्ष दत्तद्वारा मुखियापट्टी घटनाको अनुगमन



काठमाडौं । मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले प्रदेश २ को धनुषा जिल्लामा पर्ने मुखियापट्टी मुसरनियामा शनिबार ५ जना बालिका पोखरीमा डुबेर मृत्यु भएको घटनाको घटनास्थलमा पुगी स्थलगत अनुगमन गरेका छन् ।
घटनास्थलमा अनुगमन पश्चात अध्यक्ष दत्तले शोक सन्तप्त परिवारप्रति संवेदना प्रकट गर्दै उनीहरुको अवस्थाबारे जानकारी लिए ।
घटनाबारे गाउँपालिकाका अध्यक्ष तथा वडा नम्बर ६ का अध्यक्ष समेतलाई भेटी पीडित परिवारलाई उचित राहतको व्यवस्थापन गर्न समेत पहल गरे ।
अध्यक्ष दत्तले घटनाबारे त्यहाँका स्थानीय प्रहरीलाई यथाशीघ्र घटनाबारे सत्यतथ्य छानविन गर्न निर्देशन दिए । उनले यस्ता घटनाहरु तराई–मधेश क्षेत्रमा बेला–बेलामा भइरहने भएकाले यसको दीर्घकालीन समाधानबारे समेत चासो व्यक्त गरे ।
उनले घटनाबारे नेपाल सरकारलाई ध्यानाकर्षण गराई उचित राहतको व्यवस्थापनका लागि आयोगले यथाशीघ्र पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्