अध्यक्षद्वय ठाकुर र यादवले एक–अर्कामाथि गरेको कारबाही निर्वाचन आयोगद्वारा अस्वीकृत (निर्णयसहित)



काठमाडौं । जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एक अर्कामाथि गरेको कारबाहीलाई निर्वाचन आयोगले अस्वीकृत गरेको छ । आयोगले दुवै अध्यक्षले एक अर्कामाथि गरेको कारबाही अद्यावधिक गर्न लेखेको पत्रलाई अस्वीकृत गरेको हो ।
आयोगको आइतबार बैठकले जसपामा दुईजना अध्यक्ष रहेकोले एकजना अध्यक्षले मात्र हस्ताक्षर गरेर विवरण अद्यावधिक गरिदिन भन्दा विधान सम्मत नहुने निर्णय दिएको छ । योसँगै जसपाको कार्यकारिणी समिति कायमै रहेको र अद्यावधिक गर्न नमिल्ने आयोगले उल्लेख गरेको छ ।
जसपाको ठाकुर समूहले अध्यक्ष उपेन्द्र यादवलाई पार्टीबाट निष्काशनको निर्णय गरेर आयोगलाई पत्र लेखेको थियो । त्यसअघि यादव समूहले पनि अध्यक्ष ठाकुरसहित चार नेताहरु राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्काशन गरेको निर्णय गरी आयोगलाई अद्यावधिक गर्न लेखेका थिए ।
अब आयोगको निर्णयअनुसार जसपाको दुबै पक्षले गरेको कारबाही अस्वीकृत भएको छ भने पुरानै पदाधिकारी कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्