यूरोकपमा इंग्ल्यान्डको विजयी सुरुवात



काठमाडौं । यूरो कप फुटबलमा इंग्ल्यान्डले विजयी सुरुवात गरेको छ । १६ औं संस्करण अन्तर्गत आइतबार राति भएको खेलमा क्रोएसियालाई १–० ले पराजित गर्दै इंग्ल्यान्डले विजयी सुरुवात गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी खेलेको क्रोएसिया दोस्रो हाफमा पछाडि परेको हो । पहिलो हाफमा इंग्ल्यान्डको एउटा शक्तिशाली प्रहार बारमा लागेर फर्किएको थियो । वेम्बली रंगशालामा भएको खेलमा इंग्ल्यान्डको जितका लागि रहिम स्ट्रलिङले निर्णायक गोल गरे ।
खेलको ५७ औं मिनेटमा काल्भिन फिलिप्सको पासमा स्ट्रलिङले निर्णायक गोल गरेका हुन् ।
पहिलो खेलमा विजयी हुँदै इंग्ल्यान्डले तीन अंक जोडेको छ । यो जितसँगै इंग्ल्यान्ड समूह ‘डी’ को शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्