युरोकप : इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रिया विजयी



एजेन्सी : युरोकप फुटबलमा इंग्ल्याण्ड, नेदरल्याण्ड्स र अष्ट्रियाले विजयी सुरुवात गरेका छन् । समुह डि को खेलमा इंग्ल्याण्डले क्रोएसियालाई १–० ले हरायो । लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा घरेलु टोली इंग्ल्याण्डलाई विजयी गराउन रहिम स्टर्लीङले निर्णायक गोल गरे ।

उता समुह सि को खेलमा नेदरल्याण्ड्सले युक्रेनमाथि ३–२ को जित निकाल्दा अष्ट्रियाले उत्तरी मेसेडोनियालाई ३–१ ले पराजित ग¥यो ।

गोल गरेपछि खुसी मनाउँदै नेदरल्याण्डस्का खेलाडी
जितपछि खुशीयाली मनाउँदै अष्ट्रियाका खेलाडी

युरोपका विभिन्न ११ शहरमा भइरहेको युरोकप फुटबलमा आज पनि तिन खेल हुनेछन् ।

आज नेपाली समय अनुसार साँझ पौने ७ बजे हुने खेलमा स्कटल्याण्ड र चेक गणतन्त्र भिड्नेछन् । यसैगरी राति पौने १० बजे पोल्याण्ड र स्लोभाकिया भिड्दा राति पौने १ बजे स्पेनले स्विडेनसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्