युरोकपमा आज तीन खेल हुँदै



काठमाडौं । युरोकप फुटबल अन्तर्गत सोमबार विभिन्न तीन खेलहरु हुँदैछन् । १६ औं संस्करणको प्रतियोगिता अन्तर्गत आज तीन खेलहरु हुने भएका हुन् । सोमबार समूह ‘डी’को एक खेल र समूह ‘ई’ को दुई खेल खेलहरु हुनेछन् । पहिलो खेलमा स्कटल्यान्ड र चेक रिपब्लिक प्रतिस्पर्धा गर्नेछन् । दुई टोलीबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ ।
दुबै टोली सोमबारको खेलमा सहज जित निकाल्दै आफूलाई तालिकामा बलियो बनाउने योजनामा हुनेछन् । घरेलु टोली स्कटल्यान्ड सोमबारको खेलमा जित निकाल्दै सुखद सुरुआत गर्ने योजनामा छ । यता, बलियो टिम चेक रिपब्लिक पनि स्कटल्यान्डलाई हराउँदै आफूलाई बलियो टोली प्रमाणित गर्ने योजनामा छ ।
सोमबार नै हुने अर्काे खेलमा पोल्याण्ड र स्लोभाकिया खेल्नेछन् । समूह ‘ई’ मा रहेका दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ । सोमबारको खेलमा दुबै टोली जित निकाल्दै तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछन् ।
सोमबार नै हुने तेस्रो खेलमा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ । स्पेन यो सिजनको उपाधि दावेदार टोली हो । दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुनेछ ।
सेभियामा हुने समूह ‘ई’ मा रहेका स्पेन र पोल्याण्डबीचको खेल रोचक हुने अनुमान छ । घरेलु मैदानमा स्पेन जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ । तीनपकटको युरोकप विजेता टोली युरोकपको सफल टोली हो । पोल्याण्ड पनि पहिलो खेलमा घरेलु टोलीलाई स्तब्ध बनाउन चाहन्छ ।

प्रतिक्रिया दिनुहोस्