अर्घाखाँचीमा असार ७ गतेसम्म निषेधाज्ञा



सन्धिखर्क । अर्घाखाँचीमा जारी निषेधाज्ञा परिमार्जनसहित असार ७ गते सम्मका लागि थपिएको छ । सोमबार १२ बजेसम्म जारी रहेको लकडाउनका बारेमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले असार ७ गते सम्म लकडाउ थप गर्ने निर्णय गरेको हो ।
किराना पसल र अत्यावश्यक सामग्रीका पसल मात्र बिहान ९ बजेसम्म खुल्दै आएकोमा मंगलबारदेखि होटल, रेष्टुरेण्ट, व्युटी पार्लर र शैलुनबाहेकका सबै पसल बिहान ५ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताए । विद्यालय, कलेज र सार्वजनिक सवारी सधानहरु पूर्णरुपमा बन्द रहने छन् ।

प्रतिक्रिया दिनुहोस्