गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापाको पद खारेज



काठमाडौं । राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश सभा सदस्य कृष्ण थापा पदमुक्त भएका छन् ।
सर्वोच्च अदालतले यस अघि उनलाई संसदमा पुनस्र्थापना गर्ने अन्तरिम आदेश खारेज गरेको हो ।
न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।
अदालतबाट अन्तरिम आदेश जारी भएपश्चात परिस्थितिमा परिवर्तन भइ हाल विपक्षी निवेदक थापा गण्डकी प्रदेशसभा सदस्यबाट हटिसकेको भन्ने तथ्यमा विवाद नदेखिएको आदेशमा भनिएको छ ।
पार्टी ह्वीप विपरित मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पक्षमा उभिएपछि उनलाई पार्टीले कारबाही गरेर प्रदेश सभा सदस्यबाट हटाएको थियो ।
त्यसका विरुद्ध उनी सर्वोच्च पुगेका थिए। जेठ २३ गते उनको निवेदनमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेको थियो ।

२७ गते गुरुङले संसदमा विश्वासको मत लिँदा थापा तटस्थ बसेका थिए । जनमोर्चाले उनलाई पुनः कारबाही गर्दै पदमुक्त गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्