भारतीय ट्रकसँग ठाेक्किँदा कावासाेतीमा रात्रिबस दुर्घटना, ३२ यात्रु घाइते



कावासोती : पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् ।

 

काठमाडाैंदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुबाहक बस गएराति विपरीत दिशाबाट आउँदै गरेको आरजे १४ जिसी ३८४९ नं को भारतीय ट्रकसँग जुझ्दा बस सडकदेखि ५० मिटर तल खसेको थियो । बसमा कम्तीमा ६० यात्रु सवार रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ भने अन्य १९ को स्थानीय मेडिकलमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा अहिले राजमार्ग एकतर्फी रूपमा सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्